Logo

कुकुरको टाउकाको मुल्य ८० लाख



काठमाडौँ, ५ भदौ । लागु औषध तस्करीका लागि विश्वभर प्रख्यात देश हो कोलम्बिया ।जहाँ प्रचलित कुख्यात तस्करहरु वर्षौँदेखि लागुऔषधको कारोवारी गरिरहेको छन् । तर पछिल्लो केहि बर्षमा तिनै तस्करहरुको लागि टाउको दुखाईको बिषय बनेको छ एउटा कुकुर । स्रोतका अनुसार त्यो कुकरले कोलम्बियाका धेरै तस्करहरुलाई कारोबार गर्न मुस्किल बनाइ रहेकोे छ ।

सोम्ब्राू नाम गरेको सो कुुकुरले २ वर्षमा झण्डै १ अर्ब रुपैयाँ बराबरको मूल्यको लागुऔषध बरामद गर्न कोलम्बिया पुलिसलाई सफलता दिलाई सकेको छ । उक्त कुकुरले आफ्नो कारोबारै चौपट्ट पार्दिए पछि लागुऔषध अपराधीहरुले कुकुरको टाउकाको मूल्य तोकेका छन् । उक्त कुकुरलाई जिउँदै वा मारेर ल्याउने मानिसलाई ८० लाख रुपैयाँ बराबरको पुरस्कार दिने घोषणा तस्करहरुले गरेका छन् ।

शेफर्ड जातको सोम्ब्रा कुकुरले पछिल्लो दुई वर्षदेखि कोलम्बियाको पुलिस विभागमा काम गर्दै आएको छ । कोलम्बियाका पुलिसले यो कुकुरको सहयोगमा झन्डै २५० को हाराहारीमा लागुऔषध अपराधी पक्रिन सफल भएको छ । यो कुकुरले कोलम्बियाका दुईवटा ठूला एयरपोर्टमा पालैपालो ड्युटी गर्ने गरेको छ । यो कुकुरको काम बारेमा जानकारी कोलम्बियाको पुलिसले नै ट्विट मार्फत गराएको छ।

सुँघेर लागुऔषध पत्ता लगाउने अद्भुत क्षमता भएको उक्त कुकुरले सन् २०१६ को मार्चदेखि लागूऔषध कारोबारी विरुद्ध पुलिससँग मिलेर काम गरिरहेको छ ।

पहिलोपटक सन् २०१६ को मार्च महिनामा यसले बाकसमा लुकाएर बेल्जियम तिर तस्करी गरिँदै गरेका े२९५८ किलो कोकिन पक्रिन सफल भएको थियो । त्यसपछि सन् २०१७ को मे महिनामा पनि बेल्जियम पठाउन लागिएको १।१ टन कोकिन यसले पक्राउ गरेको थियो । त्यसपछि ५र३ टन कोकिन पनि उसले पक्रिएको सामाचारहरुमा जानकारी गराईएको छ ।

उमेरले ६ वर्ष पुगेको उक्त कुकुरलाई कोलम्बियाको सरकारले उच्च पुलिस अधिकारी जस्तो सुबिधा प्रदान गरेको छ । यो कुकुर बुलेटप्रुफ गाडीमा हिड्दछ र सुरक्षाको लागि दुईजना बन्दुकधारी प्रहरीहरु खटिने गरेका छन् । एयरपोर्टमा पिक आवरमा ६ घण्टाका लागि यसलाई ड्युटीमा खटाइने गरिएको बताईएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot