Logo

युनाइटेडले चुम्यो एफए‌ कप उपाधि



काठमाडौं, जेठ १३ । एफए‌ कप फुटबलको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ । शनिबार राति भएको खेलमा युनाइटेडले चर्चित प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई‌ २–१ गोलले हराउँदै उपाधि चुमेको हो ।

युनाइटेडले सिटीसँग अघिल्लो वर्षको हारको बदला समेत लिएको छ । गत वर्ष युनाइटेडलाई‌ २–१ गोलले नै हराउँदै सिटीले यस उपाधि उचालेको थियो । युनाइटेडलाई‌ जिताउन अलेहान्द्रो ग्रानाचोले ३०औँ र कोबी माइनोले ३९औँ मिनेटमा गोल गरे। सिटीका जेरेमी डोकुले ८७औँ मिनेटमा गोल फर्काएपनि टोलीको हार टरेन ।

पहिलो हाफमा दबाब खेपेको सिटीले दोस्रो हाफमा भने सानदार प्रदर्शन गरेको थियो । जितसँगै युनाइटेड युरोपा लिगका लागि छनोट भएको छ । युनाइटेडको यो १३औँ एफए कप उपाधि हो । सर्वाधिक यस उपाधि जित्ने टोली भने आर्सनल हो । आर्सनलले १४ पटक एफए कप जितेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot