Logo

ओलीको अरूचीले संघीय प्रणालीको भविष्य अन्यौलमा : गगन थापा



काठमाडौं, ५ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको अरूचीले संघीय प्रणालीको भविष्य अन्यौलमा परेको बताए।

प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले यस्तो आरोप लगाएका हुन् । उनले भने‘प्रधानमन्त्रीको संघीयताको अरूचीले संघीय प्रणालीको भविष्यमा अन्यौल श्रृजना भएको छ, उदाहरण हो करको कोलाहाल।’

त्यस्तै उनले स्थानीय प्राकृतिक स्रोत तथा वित्त आयोगमा नियुक्ती नगरिएकोमा पनि कडा आपत्ति जनाएका छन्। उनले संविधानले प्राकृतिक स्रोत तथा वित्त आयोगको व्यवस्था गरेको तर नियुक्ती नभएकोमा आश्चर्य प्रकट गरे।

त्यस्तै उनले भने,‘प्रधानमन्त्रीलाई आग्रह गर्छु प्रदेश सभा डुलेर उपदेश दिन छाड्नुस्। अन्तर्वातामा रमाइलो र रोइलो छाड्नुस्। प्रधानमन्त्रीज्यू गर्नुपर्ने काम गर्नुस्।’



प्रतिक्रिया दिनुहोस्