Logo

प्रभु इन्सुरेन्सका सेवाग्राहीले नेपाल मेडिसिटीमा नगदरहित सेवा पाउने



काठमाडौं, ६ भदौ । प्रभु इन्सुरेन्स र नेपाल मेडिसिटीबीच विशेष सम्झौता भएको छ । प्रभु इन्सुरेन्सका ग्राहक तथा सेवाग्राहिले नेपाल मेडिसिटीमा नगदरहित सेवा प्राप्त गर्ने भएका छन् । योे क्यासलेस सेवा बिरामी भर्नाको अवस्थामा लागु हुनेछ ।

नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र प्रभु इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्चीत बज्राचार्यले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ । सम्झौतासंगै दुई संस्था बीमा र स्वास्थ्य उपचारका माध्ययमबाट जोडिने भएका छन् ।

नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले प्रभु इन्सुरेन्सका माध्यमबाट क्यासलेस स्वास्थ्य जा“च गराउन पाएकोमा खुशी व्यक्त गर्नुभएको छ ।

इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले अस्पतालको सेवाबाट प्रभावित भएको बताउनुभएको छ । त्यस्तै अस्पतालसंग दिगो रुपमा काम गर्र्ने अपेक्षा रहेको प्रभुका रि इन्सुरेन्स विभागका प्रमुख सुविन श्रेष्ठले बताउनुभएको छ । ।



प्रतिक्रिया दिनुहोस्