Logo

प्रकाण्डलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश



काठमाडौं, ७ भदौ । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) लाई रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले खड्कालाई सर्वोच्चको रजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको हो ।

विरेन्द्र विकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। साउन २२ गते महानगरी प्रहरी परिसर काठमाडौंले नेता विकलाई चन्दा लिएको अभियोगमा प्रकाउ गरेको थियो।

 



प्रतिक्रिया दिनुहोस्