Logo

‘ज्यालादारी, अस्थायी र करार कर्मचारी हटाउँदैनौं, बरु थप्छौं’



कमाठमाडौं, ७ भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकराले ज्यालादारी, अस्थायी र करारमा रहेका कर्मचारीहरुलाई नहटाउने खुलासा गरेका छन् ।

बिहीबार साँझ प्राईम टाईम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री पण्डितले यस्तो बताएका हुन् । उनले भने, सबै कर्मचारीहरु अब खटाएका ठाउँमा जान्छन् । हामी उनीहरुलाई आ आफ्नो कार्यक्षेत्रमा पठाउँछौं । अहिले हामी कोहीपनि कर्मचारीलाई हटाउने पक्षमा छैनौं । बरु कर्मचारी थप्छौं ।

https://reportersnepal.com/2018/08/267165.html



प्रतिक्रिया दिनुहोस्