Logo

देउवाविरुद्ध प्रकाशमान खनिए, लगाए यस्तो गम्भिर आरोप



काठमाडौं, १० भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महासमितिको बैठक पूर्वघोषित मितिभन्दा तीन महिनापछि सार्ने निर्णय गलत भएको बताएका छन् ।

आइतबार स्वर्गीय मंगलादेबी सिंहको २२ औं स्मृति दिवसको अवसमा शोभा भगवतीमा आयोजित माल्यार्पण कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् ।

उनले भने, ‘हिजोको निर्णयबाट विगतमा कांग्रेसको जुन छवि थियो, त्यो छविमा ह्रास आएको छ । यसबाट लिडरसीपमा पार्टीलाई सहमतिका र समझदारीका साथ अगाडि बढाउन नसक्ने कमजोरी भएको स्पष्ट हुन्छ ।’

यसबाट पार्टी नेतृत्व असक्षम छ भन्ने थप पुष्टी भएको उनले बताए । कांग्रेसको केन्द्रीय समितिको शनिबारको बैठकले भदौमा हुने भनिएको महासमिति बैठक मंसिरमा गर्ने निर्णय गरेको थियो ।

यसअघि सभापति शेरबहादुर देउवाले नै भदौमा महासमिति बैठक गराउने घोषणा गरेका थिए । उनले भने, ‘डेट दिने र त्यसलाई सार्दै काम भयो । वर्तमान कांग्रेसको नेतृत्व सम्हालेका पार्टी सभापति लगायतका नेताहरुबाट कांग्रेसको विगतको इतिहासमा कहिल्यै नभएको कुराहरु भयो । यसलाई विशेषरुपमा नेतृत्वकै कमजोरीको रुपमा हामी लिन्छौं ।’

उनले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले महासमिति बैठकको मिति सार्ने बहुमतको निर्णयलाई भने आफूहरुले स्वीकारेको बताए । तर, यस्ता निर्णयको जनताले मूल्यांकन गरिरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot