Logo

श्रीलङ्कामा प्रतिकुल मौसमी प्रवाभ बढ्दो क्रममा प्रभावितको सङ्ख्या ३३ हजार पुग्यो



कोलम्बो (श्रीलङ्का), ८ जेठ । श्रीलङ्कामा प्रतिकुल मौसाको कारण ३३ हजारभन्दा बढी मानिस प्रभावित रहेको अधिकारीले मङ्गलबार बताएका छन् ।

विपद् व्यवस्थापन केन्द्रका निर्देशक प्रदीप कोडिपिलीले मौसमी प्रतिकुलताका कारण एक हजार आठ सय २७ जनालाई सुरक्षित स्थानमा पठाइएको जानकारी दिए । विशेषगरी देशको उत्तरी, मध्य, पश्चिमी र उत्तर–पश्चिमी भागका मानिस प्रतिकूल मौसमको कारण प्रभावित भएको उनले बताए ।

मौसम विभागले मङ्लबारको पछिल्लो मौसम पूर्वानुमानमा दक्षिणपश्चिम मनसुनको अवस्था बिस्तारै देशभरि स्थापित हुँदै जाँदा वर्षा र हावाको अवस्था जारी रहने जनाएको छ ।

विभागका अनुसार पश्चिमी, सबरागमुवा र उत्तर पश्चिमी प्रान्तलगायत गाले, मटारा, क्यान्डी र नुवारा–इलिया जिल्लाका केही ठाउँमा एक सय मिलिमिटरभन्दा बढी वर्षा हुने पुर्वानुमान गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्