Logo

कांग्रेसको आरोप : ओली सरकार भ्रष्टाचारमा लिप्त भयो



काठमाडौं, ११ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएको छ ।

पार्टी केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नेपाली कांग्रेसका तर्फबाट नगरपालिकाका प्रमुख तथा उप-प्रमुख भएकाहरुसँग आज राजधानीमा गरेको कार्यक्रममा शीर्ष नेताहरुले यस्तो आरोप लगाएका हुन् ।

नेपाल एयरलाइन्सको विमान खरिद तथा अन्य कामहरुमा ठूल्ठूला भ्रष्टाचार भएको भन्दै कांग्रेसका नेताहरुले कम्युनिष्ट सरकार विधि प्रक्रिया विपरित धम्क्याएर पैसा कमाउन मात्र लागि परेको जिकिर गरे ।

उनीहरुले न्यायालय र स्वतन्त्र प्रेसलाई समेत निस्तेज पार्न सरकार क्रियाशील भएको आरोप लगाए । उनीहरुले नेपाली कांग्रेसबाट निर्वा्चित सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई पार्टीको बदनाम नहुने र जनताको चाहना सम्बोधन गर्ने गरी काम गर्न निर्देशनसमेत दिए ।

पार्टी सभापति शेरबहादुर देउवाले सरकार सबै निकायमा कब्जा जमाएर अधिनायकवाद लाद्न लागि परेको बताए ।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार भ्रष्टाचारमा लिप्त भएको र राजनीतिक परिवर्तनलाई समेत निस्तेज बनाउन उद्दत रहेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot