Logo

उपत्यकामा आजबाट गाईजात्रा शुरु -फोटो फिचर



काठमाडौँ । सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजबाट यहाँ शुरु भएको छ ।दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्माको शान्तिका लागि हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि श्रीकृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा भक्तपुरमा आज बिहानैदेखि शुरु भएको हो । नेवार समुदायका परिवारले मृतक व्यक्तिको संझनामा निकालेका गाईजात्रामा जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई बनाई टोलटोल घुमाउने गर्छन् । टोलटोलबाट एकसाथ आकर्षक घिन्ताङकिसी नाचसहित गाईजात्रा निकाल्नुका साथै विभिन्न नाच एवं व्यङ्य प्रदर्शन गरिन्छ । मध्याह्नपछि जात्रा आकर्षक हुने भएकाले हेर्नेको भीड लाग्ने गर्दछ ।

तस्विरः मुकुन्द कालिकोटे

तस्विरः मुकुन्द कालिकोटे

तस्विरः मुकुन्द कालिकोटे

तस्विरः मुकुन्द कालिकोटे

तस्विरः मुकुन्द कालिकोटे

तस्विरः मुकुन्द कालिकोटे

तस्विरः मुकुन्द कालिकोटे

तस्विरः मुकुन्द कालिकोटे

तस्विरः मुकुन्द कालिकोटे

तस्विरः मुकुन्द कालिकोटे

तस्विरः मुकुन्द कालिकोटे

तस्विरः मुकुन्द कालिकोटे

तस्विरः मुकुन्द कालिकोटे

तस्विरः मुकुन्द कालिकोटे

घरघरबाट गाईजात्रा निकालेपछि पनि रानीको मन शान्त हुन नसक्दा विभिन्न प्रकारका प्रदर्शन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएकाले सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेपनि यहाँका संस्कृतिकर्मी भने गाईजात्रा पर्व विक्रम संबत्को १४आँै शताब्दीभन्दा अगाडि तथा लिच्छविकालको अन्त्यमा शुरु भएको बताउँदै आएका छन् ।

तस्विरः मुकुन्द कालिकोटे

मुकुन्द कालिकोटे

मुकुन्द कालिकोटे

मुकुन्द कालिकोटे

आजका दिन दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ ।



प्रतिक्रिया दिनुहोस्