Logo

बलात्कारी जोसुकै होस्, सीधै गोली ठोक्नुपर्छ : माधव नेपाल



काठमाडौं, ११ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले बलात्कारीलाई सिधै गोली ठोक्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपालीपन साप्ताहिक पत्रिकाको तेस्रो वार्षिकोत्सव कार्यक्रममा बोल्दै बरिष्ठ नेता नेपालले यस्तो बताएका हुन् । उनले भने,‘बलात्कारीलाई सिधै गोली ठोक्नुपर्छ । जो सुकै होस्, बलात्कारीलाई उन्मुक्ति दिनुहुँदैन् । सिधै गोली ठोक्नुपर्छ ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको बताउँदै यसको सफल कार्यान्वयनमा सबै जुट्नुपर्ने धारणा राखे ।

फरक प्रसँगमा उनले सरकारको काम सुस्त रहेको भन्दै आलोचनासमेत गरे । उनले थपे,‘सरकार अहिले सुस्त देखिएको छ । अब विकास निर्माणलगायत सुशासन दिलाउनेगरि काम गर्नुपर्छ ।’

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्