Logo

ओली–प्रचण्ड एकाएक मिलेपछि माधव नेपाललाई तनाब, अब के होला ?



काठमाडौं, १२ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एकाएक मिल्दा अर्का बरिष्ठ नेता माधव कुमार नेपाललाई तनाब भएको छ ।

आगामी महाधिवेशनलाई लक्षित गरेर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र नेता नेपालबीच हिमचिम बढिरहेको भनेर पार्टीका प्रभावशाली नेताहरुले लख काटिरहेकै बेला एकाएक ओली प्रचण्डसँग नजिकिएका छन् । यसको पछिल्लो प्रमाण हो, जिल्ला अध्यक्ष चयनमा माधव नेपाल पक्षधरलाई बाईपास गर्नु ।

नेता नेपाललाई थाहै नदिई अध्यक्षद्धय ओली र प्रचण्डले ६६ जिल्लाका अध्यक्षहरु टुँगो लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot