काठमाडौं । आधुनिक आजको समयमा मोबाइलको प्रयोग केवल फोन गर्नमा मात्र सीमित रहेको छैन् । मोबाइलप्रति हामी यति धेरै अभ्यस्त भइसकेका छौँ कि मोबाईल जिवनको एक अभिन्न अगं जस्तै बनिसकेको छ । मोबाईलको प्रयोगले मानिषको दैनिकीलाई पनि सहज बनाई दिएको छ ।
नेपाल दूरसञ्चारको गत असारसम्मको तथ्यांक हर्ने हो भने नेपालमा मोबाइल फोन प्रयोगकर्ताको संख्या कुल जनसंख्याको १२९ प्रतिशत अर्थात ३ करोड ४१ लाख पुगिसकेको जनाईएको छ ।
त्यसो त अहिले नेपालमा मात्र नभएर विश्व बजारमा नै स्मार्टफोनको बजार आकाशिएको छ । हरेक महिना दर्जनौ नयाँ मोडलका स्मार्टफोनहरु बजारमा आइरहेका हुन्छन । मानिसहरु पनि आफ्ना आवश्यक्तासगै नया विशेषताका उत्कृष्ट फोनहरु बोक्न लालगित भएका देखिन्छन । नेपालको पनि प्रायःदशै तिहारको मौसममा त स्मार्टफोनको बिक्री धेरै हुने गरेको पाईन्छ ।
कहिलेकहि अरुको लहैलहैमा लागेर वा नबुझेर पनि मोबाइल किन्दा ठगिने समस्या हुन सक्छ । प्रयोगकर्ताले फोन किन्नु भन्दा पहिले त्यसमा भएको फिचर्सहरुको अध्ययन गरेर मात्र नयाँ सेट किन्दा ठगिने समस्या बाट बाँच्न सकिन्छ ।
अरुले भनेकै भरमा मोबाईल खरिदगर्दाे ठगिनु होला । मोबाईल कति रकम सम्मको किन्ने भन्नेबारे आफ्नो बजेट निश्चित गरेर यदि तपाई मोबाईल किन्न गैरहनु भएको हो भने सबैभन्दा पहिला फोनमा भएको आइएमआई नम्बर हेर्न नभुल्नु होला ।
आईएमआई नम्बर बाट त्यो सेट नेपालका लागि बैधानिक रुपमा भित्रिएको हो कि होईन थाहा पाउन सजिलो हुन्छ। सबै भन्दा पहिला तपाई कस्तो प्रकारको मोबाईको खोजिमा हुनुहुन्छ ? तपाईले प्रयोगगर्ने मोबाईल सामान्य प्रकारको हो कि बिशेष प्रकारको निश्चित भएर निर्णय लिदा राम्रो होला । यहाँ तपाईले प्रयोग गर्ने फोनको बारेमा जानकारी गराउन खोजिएको छ
सामान्य प्रयोजन
यदी तपाई मोबाईल फोनको सामान्य प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंलाई सामान्य फोन नै उपयुक्त हुन सक्छ। तपाईं मोबाइल फोनबाट फोन गर्ने, उठाउने, टेक्स्ट म्यासेज, एफएम सुन्न तथा रातको समयमा टर्च लाइटको प्रयोग मात्रै गर्नका लागि हो भने ‘सेम्बियन अपरेटिङ सिस्टम’ भएका बार वा किप्याड फोन नै तपाईंलाई उपयुक्त हुन सक्छ ।
हाल बजारमा १ देखि ४ हजारसम्ममा यस्ता फोनहरु पाइन्छन्। यी फोनमा एक वर्षसम्मको वारेन्टी समेत दिइएको हुन्छ भने यीनको ब्याट्री निकै लामो समयसम्म टिक्छन्।
आधुनिक प्रयोजनः
यदि तपाईं सामान्यसँगै फोटो खिच्न, सामाजिक संजाल चलाउन, आफूलाई मन लागेका एपहरु डाउनलोड गरी सेवा लिन, इमेल इन्टरनेट प्रयोग गर्न, हेभी गेम खेल्न, उच्च गुणस्तरका भिडियो हेर्न वा सम्भव भएसम्म मोबाइलबाटै धेरै भन्दा धेरै फिचर्सको उपयोग गरी अधिकतम काम गर्न सकियोस भन्ने चाहनुहुन्छ भने बजारमा ब्राण्ड, विशेषता र उपयोगिता अनुसारका ७ हजारदेखि १ लाखसम्मका मोबाइल फोन उपलब्ध छन्। आफ्नो आवश्यक्ता पहिचान गरी यीनै मध्येका जुनसुकै क्याटेगोरीका फोन तपाईं छान्न सक्नुहुन्छ। तर याद राख्नुहोस यस्ता बिषेश प्रकारका फोनहरु खरिद गर्दा निम्न कुरामा बिशेष जानकारी राख्नुहोस ।
–आधिकारीक कम्पनीको आधिकारिक सोरुमबाट वारेन्टीसहितको मोबाईल सेट किन्दा तपाई ठगिने डर कम हुन्छ।
–मोबाईल किनिसकेपछि कम्पनीको सर्भिस सेन्टरका बारेमा पनि राम्ररी जानकारी लिन आवश्क रहन्छ ।
–मोबाईल खरिद गर्दा सिल प्याक गरिएको सेट मात्र लिनुपर्छ नत्र पुरानो सेट पनि पर्नजान सक्छ ।
–ब्याट्रीमा नेपालस्थित आधिकारिक अधिकृत बिक्रेताको होलोग्राम छ कि छैन ध्यान पुर्याउन आवश्यक छ ।
–तपाईले किनेको मोबाईल सेटसँगै ब्याट्री, चार्जर, मेमोरीकार्ड आदि पनि रहेका छन कि छैनन चेक गर्न नछुटाउनु होला ।
मोबाईलमा भएका फिचरको बारेमा राम्ररी जानकारी राख्नुहोला जस्तै कि मोबाईलले कलि जिबी सम्मको मेमोरीकार्ड सपोर्ट गर्छ र मोबाईलको इन्टरनल मेमोरी सम्बन्धिपनि जानकारी लिदा तपाईलाई राम्रो हुन सक्ने छ ।
मोबाईलमा भएको क्यामेरा कति पिक्सेलको रहेको छ जानकारी लिन आवश्क रहन्छ । क्यामेरमा भएको भिडियो क्वालिटिको पनि ख्याल राख्नु आवश्यक रहन्छ ।
शक्तिशाली फोन
शक्तिशाली मोबाइल फोनहरुमा औसत फोनहरुमा भन्दा केही विशेष र बढी सुविधा हुन्छन्। उपभोक्ताका रुची अनुसार यी रेन्जका फोनहरुमा विशेषता राखिएका हुन्छन्। एचडी डिस्प्ले, हाई रेजुलुसन, शक्तिशाली लेन्स प्रयोग गरिएका दुई वा तीन क्यामेराहरु, फोरजी, स्ट्रोङ प्रोसेसर, र्याम तथा ब्याट्री, वायरलेस चार्जिङ, अपडेटेड अपरेटिङ सिस्टम, धेरै खालको सेन्सर भएको, स्ट्रोङ ब्याट्री ब्याकप र कम्पनी अनुसार केही नविनतम र आकर्षक विशेषता यस्ता फोनमा हुने गर्दछ। यस्ता फोनहरुको मूल्य २५ हजारदेखि एक लाखसम्म पर्नेगर्छन्।
त्यस्तै यी मोवाइलमा तपाईंको स्वास्थ्यको ख्याल गर्ने, नोट बनाउने, कार्यसूची तयार पार्ने, सेयर गतिविधी चेक गर्ने, इमेल पुस, शक्तिशाली वाइफाई, शक्तिशाली नेटवर्क लगायतका विशेषता समाविष्ट हुन्छन् त्यस्ता फिचरहरुको बारेमा जानकारी राख्नु भयो भने तपाईको दैनिक जिवनलाई सजिलो बनाउन यस्ता फिचरहरुले निकै सहयोग पुर्याउनेमा कुनै दुईमत नरहला ।