Logo

प्रचण्डले किन गरे निर्माण व्यवसायीहरुलाई खुशी पार्ने कुरा



चितवन, १३ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्माण व्यवसायीहरूलाई खुसी नपारेसम्म देशमा समृद्धिको सपना देख्न नसकिने बताएका छन्।

नेपाल निर्माण व्यवसायी संघ चितवनको २५ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै बुधबार दाहालले राज्यले निर्माण व्यवसायीलाई खुसी पार्न सक्नुपर्ने बताए।

‘एउटा के बुझ्न जरुरी छ भने, व्यवसाय नाफा कमाउनै गरिन्छ,’ दाहालले भने, ‘निजी क्षेत्र (व्यवसायी, निर्माण व्यवसायी) जे भने पनि उनीहरूलाई खुसी नपारेसम्म समृद्धिको सपना नदेखे हुन्छ।’

देशभर निर्माण व्यवसाय क्षेत्रको विकृति बढेको गुनासो आइरहेका बेला अध्यक्ष दाहालले भने निर्माण व्यवसायीलाई राज्यले गर्ने व्यवहारप्रति असन्तुष्टि पोखे।



प्रतिक्रिया दिनुहोस्