Logo

शीतल निवासमा विमस्टेकका पाहुनालाई दिवा भोज, परिकारको चर्चा !



काठमाडौँ, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौं आईपुगेका ६ वटै देशका विशिष्ट पाहुनाहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दिवा भोजको आयोजना गरेकी छिन् ।

६ वटै देशका विशिष्ट पाहुनाहरुलाई राष्ट्रपति भण्डारीले न्यानो आतिथ्यता प्रदान गरेकी छिन् । उनीहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गरेका थिए ।

आजबाट सुरु हुने शिखर सम्मेलन राष्ट्रपति भण्डारीले विशिष्ट पाहुनाको सम्मानमा दिवा भोजको आयोजना गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ अधिकारीहरु सो कार्यक्रममा सहभागी भएका छन् ।

दिवा भोजमा शितलनिवासले ६ वटै राष्ट्रका चर्चित परिकारलाई समावेश गरेको छ । दिवा भोजमा सहभागी नेपाली उच्च अधिकारीले दिएको जानकारी अनुसार सबै देशको परिकारलाई समावेश गरिएको छ।

विभिन्न देशका विशिष्ट पाहुनाहरुले राष्ट्रपति भण्डारीसँग सामूहिक भलाकुसारीसमेत गरेका थिए । कतिपयले उनलाई उपहार पनि प्रदान गरेका थिए । राष्ट्रपति भण्डारीले पनि आफ्नो तर्फबाट सबैलाई उपहार दिएकी थिईन् ।

बिमस्टेकमा नेपालसहित सात राष्ट्र सदस्य छन् । सम्मेलनमा भाग लिन सदस्य देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख नेपाल आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot