प्रधानन्यायाधीशका लागि न्यायपरिषदको सिफारिस जायज
सोलुखुम्बु÷१४ भाद्र । नेपाल सरकारका महान्यायधिबक्ता अग्निप्रसाद खरेलले हरेक निकायमा गल्ति गर्नेलाई तह लगाउनकै लागि मुलुकी संहिता ल्याईएको बताएका छन् ।
आज रिपोर्टर्स क्लब नेपाल सोलुखुम्बु शाखाले सदरमुकाम सल्लेरीमा आयोजना गरेको साक्षात्कारमा सरकारका प्रमुख कानुनी सल्लाहकार खरेलले लापरबाही गर्ने पेशाकर्मीलाई संहिताले ठेगान लगाउने दाबी गरे ।
उनले कसैले भन्दैमा संहिता संसोधन गर्न नसकिने भन्दै विवादित विषयमा छलफलका भने लागि सरकार तयार हुनुपर्ने बताए ।
कार्यक्रममा महान्यायधिबक्ता खरेलले प्रधानन्याधीश नियुक्तीका लागि संबैधानिक परिषदको सिफारिस जायज रहेकोसमेत जिकिर गरे ।
प्रधानमन्त्रीको सिफारिस सुनुवाई समितिले उल्ट्याईदियो नि ? भन्ने पत्रकारको जिज्ञाशामा खरेलले संसदीय सर्वोच्चतामा सुनुवाई समितिको निर्णय पनि स्विकार्य हुने धारणा राखे ।
उनले न्यायालयमा अस्थिरता निम्त्याउने कुनै योजना नरहेको भन्दै बर्तमान सरकार स्थिर न्याय प्रणालीको पक्षमा रहको स्पष्ट पारे । साक्षात्कारमा प्रेश स्वतन्त्रतालाई संविधानलेनै ग्यारेण्टी गरेपनि व्यक्तिको गोपनीयताको हकलाई भने प्रेसले सम्मान गर्न नसकेको औल्याए ।