Logo

नेपाललाई राहत, लगातारको हारपछि आज मलेसियालाई हरायो



काठमाडौँ, १६ भदौ । लगातार दुई खेल हारेर जित्ने पर्ने दबाबमा रहेको नेपालले मलेसियालाई १९ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धा्रित ३० ओभरमा ९ विकेटको क्षतिमा १६९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि बसन्त रेग्मीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले २–२ विकेट लिएपछि मलेसिया पराजित बन्न पुग्यो । मलेसियाका लागि सायेद मुबारक र अनवरी अरुदिनले सर्वा्धिक ३४ रनको योदान दिए भने अहमद फैज मोहमद नुरले र जगजित सिंह क्रमशः २२ तथा २१ रन बनाए ।

यसअघि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले शतकीय साझेदारी गरेपछि नेपालले एशिया कप छनौट अन्तरगत तेस्रो खेलमा मलेसियासामु १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १ सय ८८ रन बनायो ।

वर्षाका कारण प्रभावित बनेपछि ३० ओभरमा छोट्याइएको खेलमा नेपाल १३ औँ ओभरमा ६० रनको स्थितिमा ५ विकेट गुमाएको खराब स्थितिमा रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्