Logo

विप्लवप्रति प्रचण्डको कडा व्यंग्य : लहडले नेता बनिँदैन



काठमाडौं, १६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले नेत्रविक्रम चन्द विप्लवप्रति कडा टिप्पणी गरेका छन् । उनले लहडले नेता बन्न नसकिने भन्दै विप्लवलाई व्यंग्य हानेका छन् ।

उनले पार्टी र नेता भनेको इतिहास र जनताले पैदा गर्ने बिषय भएको पनि बताए ।अध्यक्ष निवास खुमलटारमा शनिवार बिहान नेत्रविक्रम चन्द नेतृत्वको समुह परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उनले यस्तो बताएका हुन ।

प्रचण्डले भने, ‘कसैलाई रहर लागेर नेता हुन सक्ने होइन । इतिहास र जनताले आन्दोलनको क्रममा पार्टी, नेता र विचारको विकास गर्ने कुरा हो ।’

पार्टीमा नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले सबैलाई बिना पूर्वाग्रह उचित भूमिका दिईने बताए । उनले भने, ‘पार्टी छोडेर अन्य पार्टीमा गएर अनुभव हासिल गरेका तपाईं नेता तथा कार्यकर्ताहरु प्रति मेरो कुनै पूर्वाग्रह हुन्न ।’

नेत्रविक्रम चन्द नेतृत्वको समुह परित्याग गरी नेकपामा प्रवेश गर्नेहरुमा गणतान्त्रिक खेलकूदका वरिष्ठ उपाध्यक्ष बिमला संग्रौला, भ्याली ब्यूरो सदस्य रामप्रसाद घिमिरे, काठमाडौं जिल्ला सदस्यहरु डिल्लीराम थपलिया, गोपाल खरेल, भक्तपुर जिल्ला सदस्य राजराम लाथेजु, काठमाडौं जिल्ला क्षेत्र नं. २ बाट माधव लामिछाने र विष्णु तिमल्सेना रहेका छन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot