Logo

सातौं न्यूटन भ्याली खुल्ला कराँतेमा बाँसबारी च्याम्पियन बन्न सफल



काठमाडौं । सातौं न्यूटन भ्याली खुल्ला कराँते च्याम्पियनसिपमा बाँसबारी च्याम्पियन भएको छ । बाँसबारी ५ स्वर्णपदक र ४ रजतसहित पहिलो बन्न सफल भएको हो ।

५ स्वर्ण र २ रजत जितेको सिफल कराँते एकेडेमी दोस्रो भयो भने आयोजक न्यूटन स्कुल ४ स्वर्ण र २ रनजतसहित तेस्रो भयो ।

प्रतियोगितामा ब्वाइजमा बाँसबारी स्कुलका विक्रम तामाङ उत्कृष्ट खेलाडी बने भने गल्र्समा न्यूटनकी रमिता माझी भइन् ।

१९ टिमले सहभागीता जनाएको प्रतियोगिताका विजेतालाई प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले पुरस्कृत गरिन् । कार्यक्रमको संयोजन हरिबहादुर थापा मगरले गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्