काठमाडौं, १७ भदौ । डाक्टर तथा स्वास्थ्यकर्मीहरुले आज काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेका छन्।मुलुकी अपराध (संहिता)माचिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्।
प्लेकार्ड तथा ब्यानरसहित विरोधमा उत्रिएका चिकित्सक तथा स्वास्थ्यकर्मी सम्मिलित र्याली अहिले माइतिघरबाट नयाँबानेश्वरतर्फ मोडिएको छ।
आजै चिकित्सक संघले ५ हजारभन्दा बढी चिकित्सकहरुको लाइसेन्स सरकारलाई बुझाउने बताएको छ। संहिताको खारेजीको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालय अगाडिसमेत चिकित्सकहरु प्रदर्शन गर्दैछन्।
नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकको सेवा समेत ठप्प पारिएको छ।
तस्विर : मुकुन्द कालिकोटे