काठमाडौं, १७ भदौ । शनिबार २१ यात्रु बोकेर नेपालगञ्जबाट आएको यति एयरको ‘जेट स्ट्रीम’ एनएचडब्लु जहाज धावनमार्गबाट चिप्लिएर राति साढे ८ बजे दुर्घटना हुँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल १२ घन्टासम्म बन्द हुँदा हजारौं यात्रुहरुले सास्ती व्यहोर्नुपर्यो ।
हिजो राती साढे आठ बजेदेखि आज विहान साढे ८ बजेसम्म सबै उडान ठप्प भएको विमास्थलका एक कर्मचारीले जानकारी दिए । उडान ठप्प हुँदा हजारौं यात्रुहरुले सास्ती पाए ।
कोटेश्वरतर्फबाट अवतरणका क्रममा चिप्लिएको जहाजको अगाडिको ल्यान्डिङ गियर (पाङ्ग्रो) भाँच्चिएको दुर्घटना भएको यति एयर श्रोतको दाबी छ । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको अर्को विकल्प नहुँदा बेला–बेलामा आईपर्ने समस्याका कारण यात्रुहरुले धेरै ठूलो सास्ती पाएका छन् ।