Logo

काठमाडौंका मेयरको जागिर चट् हुने सम्भावना, प्रधानमन्त्रीले लिए स्पष्टीकरण !



काठमाडौं, १७ भदौ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टीकरण लिएका छन् ।

मेयर शाक्यको कामप्रति महानगरवासी सन्तुष्ट नभएको र दिनप्रतिदिन उनको कारणले सरकारमाथि नै नकारात्मक आलोचना भएको भन्दै प्रधानमन्त्री ओलीले शाक्यलाई आज बालुवाटार बोलाएर स्पष्टीकरण सोधेका हुन् ।

शाक्यले काठमाडौं महानगरको नेतृत्व सम्हाले यता नगरबासीलाई खुशी तुल्याउने कुनै कामपनि गर्न सकेका छैनन् । उल्टै उनले नगरवासीसामु राखेका प्रतिवद्धता पनि दिनप्रतिदिन भुल्दै गएका छन् ।

मेयरको कुर्सी सम्हालेको यतिका दिन वितिसक्दापनि उनले बाहिर देखिनेगरि जनताई सेवा दिन सकेका छैनन् । मेयर शाक्यले मुलुककै राजधानी रहेको काठमाडौंमा भएका बेथितिलाई हटाउन सकेनन् । काठमाडौंको मेयरको कामको आलेचना सत्तारुढ दल नेकपाभित्रबाट भएको छ ।

नेकपाका सांसदहरुले काठमाडौंको मेयर शाक्यलाई जनतालाई राहत दिने र महानगरको विकास गर्नेगरि काम गर्न निर्देशन दिनुपर्ने सुझाव प्रधानमन्त्री ओलीलाई दिएका थिए । चुनावी नारा काठमाडौंलाई स्मार्ट सिटी बनाउँछु भनेर दिएपनि शाक्यले सोही अनुरुप अहिलेसम्म कामको सिन्को पनि नभाँचेको महानगरवासीहरुको आरोप छ । उनी जनताको सेवा गर्नभन्दापनि विदेश सयर गर्न व्यस्त रहेको आरोप लागेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot