Logo

गौरा पर्वमा देउवा रिसाएपछि दर्शकको हुटिङ ! फोटोफिचर



काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती निमार्णमा सुदुरपश्चिमबासीहरुले शेयर लगानी गर्न पाउनु पर्ने धारणा राखेका छन् ।

राजधानीको टुडिखेलमा प्रसंशा संरक्षण नेपालले आयोजना गरेको गौरा पर्व कार्यक्रममा सभापति देउवाले गौरा पर्वको शुभकामना दिदै यस्तो धारणा गरेका हुन ।

सभापति देउवाले दर्कशहरुको हुटिङलाई भने बुझ्न सकेनन् । सभापति देउवा मञ्चमा पुग्दा वित्तिकै दर्शकहरुले बलियो हुटिङ् गरेका थिए । तर सभापति देउवाले दर्शक तथा प्रसंशकहरुलाई मारले झपारेर उल्टै चुप लाग्न भने ।

मञ्चमा बसेका अतिथि लगायत दिर्घामा रहेका दर्शकहरु सभापति देउवाको व्यबहारलाई लिएर झन् हाँसेका थिए । पश्चिमेली जनताहरुले सम्मानको लागि दिएको हुटिङमाथि खनिन पुगेका देउवाले उल्टै आलोचना खेप्न पुगेका छन् । केही केहीले त रिसाउन जानेको नेता समेत भनेको सुनिथ्यो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, काँग्रेस नेता दिलेन्द्र प्रसाद बडु, रमेश लेखक, एनपि साउद, नेकपा लेखराज भट्ट, लगायतले गौरा पर्वको शुभकामना मन्तव्य दिएका थिए ।

 

तस्बिर–मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot