Logo

पछि हट्यो सरकार : डाक्टरको माग पूरा हुने भयो, आन्दोलन स्थगित



काठमाण्डौ, १८ भदौ । सरकार र नेपाल चिकित्सक संघबीच मुलुकी ऐन संशोधनको विषयलाई लिएर सहमति भएको छ ।  स्वास्थ्य मन्त्रालयमा सोमबार बसेको त्रीपक्षीय वार्ताले मुलुकी अपराध संहितामा चिकित्सकीय कसुरसँग सम्बन्धित रहेका पाँचवटा विषयमा संसोधन प्रस्ताव लिएर जाने सहमति भएसँगै संघले आन्दोलनका कार्यक्रम सारेको छ ।

मन्त्रालयमा भएको सहमति अनुसार मन्त्रिपरिषद् मार्फत ऐनमा संशोधन प्रस्ताव लिएर जाने सहमति भएको नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डि पौडेलले जानकारी दिए ।  पाँचवटा बुँदा संशोधन गर्नुपर्ने सहमति जुटेसँगै आन्दोलनका कार्यक्रममा हेरफेर गर्न नेपाल चिकित्सक संघ सहमत भएको छ । पौडेलका अनुसार स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद् मार्फत संशोधन प्रस्ताव संसदमा लैजाने भएपछि शुक्रवारदेखि गर्ने भनिएको आकस्मिक बाहेकका सेवा ठप्प पार्ने कार्यक्रम सोमबारसम्मलाई स्थगन गरिएको छ ।

वार्ताको नेतृत्व गरेका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले चिकित्सक र सरकारबीचको वार्ता सफल भएको र वार्ताबाट टुंगो लागेका संशोधनका विषयलाई संसदमा पेश गर्ने जानकारी दिए ।  मुलकी ऐनका निम्न बुँदा संशोधन गर्ने विषयमा सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएको छ ।



प्रतिक्रिया दिनुहोस्