भदौ १९, काठमाण्डौ । एसिया कप छनोटमा हङकङविरुद्ध टस जितेर ब्याटिङ थालेको नेपालले खराब सुरुवात गरेको छ ।
यो समाचार तयार पार्दासम्म नेपालले २३.३ ओभरमा ५८ रन जोड्दा ६ विकेट गुमाइसकेको छ ।
क्वालालम्पुरको यूकेएम ओभलमा नेपालका ओपनर सुवास खकुरेल शुन्यमै आउट भए भने तेस्रो नम्बरमा व्याटिङ गर्न आएका कप्तान पारस खड्काले १४ रन मात्रै जोड्न सके ।
अनिल शाहले १५ रन जोडे भने ज्ञानेन्द्र मल्ले १२ रन मात्रै । त्यसैगरी दिपेन्द्र सिंह ऐरिले २ रन मात्रै जोडे । सागर पुनले पनि ७ रनभन्दा बढि जोड्न सकेनन् ।
अहिले क्रिजमा सोमपाल कामी र अरिफ सेख छन् ।
शीर्ष दुईमा पर्न नेपालले हङकङलाई भारी अन्तरले हराउनुका साथै ओमानले यूएईलाई पनि त्यसरी नै हराउनुपर्छ ।