भदौ १९, काठमाण्डौ । एसिया कप छनोटमा हङकङविरुद्ध टस जितेर ब्याटिङ थालेको नेपालले खराब प्रदर्शन गरेको छ ।
नेपालले ३७.५ ओभरमा ९५ रन जोड्दा सबै विकेट गुमाएको हो ।
क्वालालम्पुरको यूकेएम ओभलमा नेपालका ओपनर सुवास खकुरेल शुन्यमै आउट भए भने तेस्रो नम्बरमा व्याटिङ गर्न आएका कप्तान पारस खड्काले १४ रन मात्रै जोड्न सके ।
अनिल शाहले १५ रन जोडे भने ज्ञानेन्द्र मल्ले १२ रन मात्रै । त्यसैगरी दिपेन्द्र सिंह ऐरिले २ रन मात्रै जोडे । सागर पुनले पनि ७ रनभन्दा बढि जोड्न सकेनन् ।
अरिफ सेख १८ रनमा क्याच आउट भए भने सोमपाल कामी शुन्य रनमा एलबीडब्ल्ल धरापमा परे । सन्दिप लामिछानेले २ रन जोडे भने ललित राजवंशीले एक रन पनि बटुल्न सकेनन् । वसन्त रेग्मी १५ रनमा नटआउट रहे ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा हङकङका एसन खानले ४ विकेट लिए ।
शीर्ष दुईमा पर्न नेपालले हङकङलाई भारी अन्तरले हराउनुका साथै ओमानले यूएईलाई पनि त्यसरी नै हराउनुपर्छ ।