काठमाडौं, २० भदौ । सदावहार नायक भुवन केसीले आफ्ना स्टार नायक छोरा अनमोललाई विवाह गरिदिने भन्दै दुलहीको खोजी सुरु गरेका छन् ।
स्रोतका अनुसार भुवनले छोरा अनमोललाई थाहै नदिई दुलही खोज्न थालेपछि अहिले बाउ–छोराबीचको सम्बन्धमा पनि तनाव सिर्जना भएको स्रोतको दाबी छ । भुवनले छोरालाई चाँडै लगनगाँठो कस्न सुरु गरेको सुईंको पाएपछि अनमोल अहिले भुवनसँग रुष्ट बनेका छन् ।
विषयलाई लिएर बाउ–छोराबीच गत हप्ता पारिवारिक कलह नै सिर्जना भएको भुवननिकट उच्च स्रोतको दाबी छ । भुवनले छोरालाई आफूले राजेको केटीसँगमात्रै विवाह गर्न कर गरेपछि अनमोल यतिवेला बुवासँग आक्रोशित छन् ।
अनमोलकी आमा सुस्मिता केसीसँगपनि भुवनको सम्बन्ध त्यति राम्रो छैन । अनमोल बुवा भुवनसँग बस्दै आएका छन् ।