काठमाडौं, २१ भदौ । आज बस्ने भनिएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय समिति बैठक स्थगित् भएको छ । अब बैठक एक हप्ता पछिमात्रै बस्ने भएको हो ।
पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच अनुशासन र कार्यसम्पादन समिति गठनमा सहमति जुट्न नसक्दा आजको बैठक सारिएको हो ।
पछिल्लो समय बरिष्ठ नेता पौडेलले सभापति देउवाले आफ्नो पक्षलाई पेल्दै गएको आरोप लगाएका छन् । पार्टीका विभिन्न विभागमा सभापति देउवाले एकलौटी पदाधिकारी मनोनित गर्न लागेको भन्दै नेता पौडेलले आक्रोश पोख्दै आएका छन् ।
पार्टीको अनुशासन समिति र कार्यसम्पादन समिति गठनका लागि आज बिहान ११ बजेका लागि डाकिएको बैठक २८ गतेका लागि सारिएको हो। शीर्ष नेताहरू काठमाडौं बाहिर भएकोले आजको बैठक स्थगित् गरिएको एक नेताले जनाएका छन् ।