Logo

लोकराज बरालले भने-सैन्य अभ्यासको विरोध गर्न जरुरी छैन



भदौ २२, काठमाण्डौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका सैनिकबीच साताव्यापी संयुक्त अभ्यास हुने भन्ने कुरा चर्चामा छ । सैन्य अभ्यासबारे विभिन्न खाले टिप्पणी भइरहेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले संयुक्त सैन्य अभ्यास गर्ने बिमस्टेक शिखर सम्मेलनको निर्णयप्रति आपत्ति जनाइसकेका छन् भने नेपाली कांग्रेसका नेताहरुले पनि प्रश्न उठाएका छन् ।

सैन्य अभ्यासका बारेमा कुरा गर्दै कुटनीतिज्ञ लोकराज बरालले सैन्य अभ्यासको विषय सामान्य भएको बताएका छन् । प्राकृतिक प्रकोपविरुद्ध लड्नका लागि गर्न लागिएको अभ्यासको विरोध गर्नुको तुक नभएको उनको तर्क छ ।

आतंकवाद नियन्त्रण जस्ता महत्वपूर्ण विषय समावेश गरेर गर्न लागिएको सैन्य अभ्यासले नेपाललाई कुनै नोक्सानी नहुन बरालको दावी छ । विगतमा पनि यस्ता अभ्यास विभिन्न देशहरुसँग हुने गरेकोले अनौठो नमान्न उनले आग्रह गरे ।

विमस्टेकमा आवद्ध अरु राष्ट्रले विरोध नगरेको तर नेपालमा मात्रै विरोध देखिनु स्वभाविक नभएको उनको भनाई थियो ।

भारतले गराउन खोजेको भन्ने ठानेर नेपालमा विरोध भइरहेको उल्लेख गर्दै उनले भारतसँग पनि सैन्य अभ्यास हुँदै आएको स्मरण गराए ।

“सैन्य अभ्यासको विषयलाई तिलबाट पहाड बनाएर अनावश्यक होहल्ला गरिएको छ । उडन्ते कुरा धेरै भयो ।” बरालले भने ।

नेकपाका नेता भिम रावलले गरेको विरोधप्रति आफ असहमत रहेको बरालले बताएका छन् ।

भदौ २५ देखि ३१ गतेसम्म भारतको पुनामा हुने संयुक्त अभ्यासमा प्रत्येक मुलुकका ३०–३० जना सैनिकको सहभागिता हुनेछ ।



प्रतिक्रिया दिनुहोस्