Logo

भारत पुगेर प्रचण्डले भने : नेपाल–भारत सम्बन्ध बलियो बनाउन म यहाँ आएको हुँ



काठमाडौं, भदौ २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन आफूले भारतको भ्रमण गरेको बताएका छन् ।

नयाँ दिल्लीमा रहेका प्रवासी नेपालीहरुसँग आज छलफल गर्दै उनले यस्तो बताएक हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने,‘सरकारले अगाडि सारेको विकास योजनाको पक्षमा वातावरण बनाउन, नेपाल भारतबीच भएका सम्झौताहरु कार्यान्वयन गराउन र नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने भारत भ्रमणको उद्देश्य हो ।’

हाल दुई देशका बीचको सम्बन्धमा सकारात्मक विकास भएको पनि उल्लेख गरे । बदलिएको परिस्थितिमा नेपाली कार्यवाहक राजदूत र कर्मचारीलाई अझ सक्रियतापूर्वक र गम्भीरतापूर्वक कार्यसम्पादन गर्न उनले आग्रह समेत गरे ।

कार्यक्रममा प्रवासी नेपालीहरुले नेपाली सीमामा हुने गरेका घटना रोक्न पहल गर्न आग्रह गरेका थिए भने बैंक खाता, भोटर आइडी, इस्योरेन्स लगायतका समस्या समाधानका लागि पहल गर्न दाहाललाई अनुरोध गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot