भदौ २५, काठमाण्डौ । तलबी कर्मचारीहरुलाई लक्षित गर्दै सर्वाधिक व्याजदर दिनेगरि ल्याइएको एनएमबि तलब खाताले नेपाल भरी उत्साहजनक सहभागीता हासिल गरेको छ ।
७% उच्च ब्याज दर प्रदान गरिने यस खातामा बैंकले विभिन्न सुविधाहरु निशुल्क उपलब्ध गराएको छ । जसमध्ये एक एनएमबि डिलाइट कार्ड पनि हो, जसबाट खातावालाहरुले देशभर छरिएर रहेका जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा शुल्क नलाग्नुका साथैे रु.५ लाखसम्मको दुर्घटना बीमाको सुविधा समेत यो खातामा रहेको छ ।
“नेपाल सरकारर्को हरेक कर्मचारीको एक तलब खाता’ हुन पर्ने नियम राजपत्रमा प्रकाशित गरेर अनिवार्य भए संगै सर्वश्रेष्ठ सुविधाहरु सम्पत्र तलब खाता ल्याउने एनएमबि पहिलो बैंक हो ।
तलब खाताले बजारमा पाएको सकारात्मक प्रतिव्रिmयाले बैँक उत्साहित भएको छ ।
“निकट भविष्यमा पनि येस्तै सुविधायुक्त सेवाहरु बजारमा ल्याउन थप प्रोत्साहित भएका छौं” एनएमबिको विज्ञप्तिमा भनिएको छ । “एनएमबि तलब खाता देशको दीगो अर्थतन्त्रका खातिर योगदान पु¥याइ रहेका लाखौं लाख तलबी जनशक्तिहरु प्रति बैंकद्वारा प्रदत्त एक सम्मान हो ।” बैंकद्वारा प्रकाशित प्रेस विज्ञप्तीमा जनाइएको छ ।