Logo

चलचित्र अनुराग हेर्न ओली, प्रचण्ड र देउवा आतुर



भदौ २५, काठमाण्डौ । पत्रकार ऋषि धमलाद्धारा निर्मित चलचित्र अनुराग असोज १२ गतेदेखि देशभरका हलमा प्रदर्शन हुँदैछ ।

धमलाकी पत्नी एलिजा गौतमले अभिनय गरेको चलचित्र ‘अनुराग’ को अफिसियल ट्रेलर सार्वजनिक भएसँगै बजारमा नयाँ तरंग सिर्जना भएको छ ।

विभिन्न क्षेत्रका व्यक्तिहरुले यो चलचित्र हेर्ने इच्छा व्यक्त गरेका छन् । अधिकांश कलाकारहरुले सार्वजनिक रुपमै अनुराग हेर्ने उद्घोष गरिसकेका छन् ।

राजनीतिक क्षेत्रका शीर्ष व्यक्तिहरु पनि यो चलचित्र हेर्न आतुर देखिएका छन् । प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत अनुराग हेर्ने भएका छन् ।

अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुको पनि अनुरागप्रति आकर्षण देखिएको छ । अनुरागको ट्रेलर सार्वजनिक भएसँग सबैको ध्यानाकर्षण भएको हो । ट्रेलर हेरेपछि दर्शकले चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्