भदौ २६,काठमाण्डौ । सरकारले बनाएको राजनीतिक वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले सरकारसँग असन्तुष्ट सबै द्धन्द्धरत समुह तथा राजनीतिक समुहसँग वार्ता गरिने बताएका छन् ।
त्यस्ता पक्षसँग विगतमा भएका सम्झौता अध्ययन गरेर त्यसको कार्यान्वयन पनि गरिने पाण्डेले बताए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पाण्डेले अहिलेसम्म २३ वटा वार्ता टुङ्गिएको तर
हाम्रो जिम्मेवारी भनेको पुरानो बाँकी रहेको काम पूरा गर्नका लागि प्रतिवेदन पेश गर्ने हो । वार्ता हुन बाँकी समुहसँग पनि वार्ता गरेर सहमति खोज्ने हो ।” पाण्डेले भने ।
नेत्र विक्रम चन्द नेतृत्वको माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माको पक्राउ र रिहाको क्रमलाई आफूहरुले नजिकबाट नियालेको पाण्डेले बताए ।
अदालतले छोड्ने र सरकारले समात्ते क्रमले निरन्तरता पाइरहेको बारे कुरा गर्दै पाण्डेले वार्ता समितिसँग पक्राउ र रिहाको सम्बन्ध नभएको बताए । यद्यपी विश्वकर्मा पक्राउबारे समितिले सत्य तथ्य कुरा खोजि गर्ने बताए ।
नेपालमा कुन पनि द्धन्द्धरत पक्ष नरहोस भन्ने उद्देश्यले सरकारले समिति गठन गरेको भन्दै पाण्डेले विप्लव नेतृत्वको माओवादीसँग पनि वार्ता गरिने बताए ।
नेपाललाई अब कुनै पनि बहानामा अस्थिरतातर्फ लैजान नहुने भन्दै पाण्डेले विकास र समृद्धिको यात्रामा द्धन्द्ध गर्न नहुने बताए ।