काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले करिब दुईमहिना पहिले कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको बारेमा अनुसन्धान भइरहेको जानकारी दिदै तत्काल सत्यतथ्य बाहिर आउने बताएका छन् ।
राष्ट्रिय सभामा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले भने, ‘दीलिप बिष्ट नै दोषी हुन भनेर मैले भनेको छैन । अहिले संदिग्ध व्यक्तिको छानविन गर्ने क्रम जारी छ । बिष्ट दोषी देखिएनन्, अरुमाथि छानबिन जारी छ ।’
त्यस्तै गृहमन्त्री थापाले पत्रकार राजु बस्नेत कानुनअनुसारनै पक्राउ परेका दाबि गरेका छन् । उनले भने,‘कानूनबमोजिमनै उक्त कदम चालेको हुँदा यसले प्रेस स्वतन्त्रता हनन भएको मान्न सकिन्न ।’ गृहमन्त्री थापाले बर्दियामा प्रहरीको हिरासतमा रहेका राममनोहर यादवको स्वभाविक मृत्यु भएको बताएका छन् ।