Logo

इङ्लिस प्रिमियर लिग : लिभरपुलको अपराजित यात्रा कायमै



काठाडौं, ३१ भदौ । इङ्लिस प्रिमियर लिगको जारी खेलमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। शनिबार राति भएको खेलमा लिभरपुरलले टोटनहममाथि २–१ को नतिजा प्राप्त गर्दै अंकतालिकाको शीर्षस्थान कायमै राखेको छ।

लिभरपुलका लागि गिनी विजनेल्डम र रोबर्टो फिर्मिनोले गोल गरे। दुबैका गोल भने दुर्लभ थिए। खेलको ३९ मिनेटमा गिनी विजनेल्डमको हेड गोलमा परिणत भएको थियो। गोलकिपरले बचाउन खोजे पनि पोस्टको रेखा नाघेपछि गोल भयो।

५४ मिनेटमा रोबर्टो फिर्मिनोले अग्रता दोब्बर पारे। गोलकिपरको हातबाट फुत्केको बललाई उनले जालीतिर प्रहार गरे। दोस्रो हाफमा दबाब बढाए पनि टोटनहमले नतिजा पक्षमा ल्याउन सकेन। एरिक लामलाले ९० मिनेटपछिको इन्जुरी समयमा गोल गरेर टिमलाई शून्यको नतिजाबाट बचाए। हेरी केन, एरिक्सनजस्ता प्रतिभाशाली खेलाडीहरूसँग दोस्रो हाफ लिभरपुलले सजिलै खेल्यो।

टोटनहमले प्रिमियर लिग आशाका साथ आफ्नो वास्तविकता जाँच्न खोजिरहेको थियो। तर, गोल गर्न असमर्थ रह्यो। लिभरपुल यस सिजनको प्रिमियर लिग दाबेदार मानिन्छ।

टोटनहमसँगको जितसँगै लिभरपुल प्रिमियर लिग बिजेताको नजिक पुगेको दाबी गरिएको छ। खेलमा फिर्मिनोको चमक थियो। ब्राजिलियन स्टार उनले अपरिवर्तनीय खेलेका थिए। एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्

Screenshot