Logo

शक्तिशाली आँधीका कारण फिलिपिन्समा १४ जनाको मृत्यु



काठमाडौँ । उत्तरी फिलिपिन्समा शक्तिशाली आँधीका कारण १४ जनाको ज्यान गएको राष्ट्रपतिका सल्लाहकारले बताएका छन्।टाइफुन म्याङ्कुट फिलिपिन्सको मुख्य द्वीप लुजोनबाट प्रवेश गरेको थियो र अब पश्चिम हुँदै चीनतर्फअघि बढिरहेको छ।

यो आँधीले धेरै घरका छतहरू उडाएका छन्, रुखहरू ढालेका छन् र ४२ वटा पहिरोसहित ठूलो बाढी निम्त्याएको छ।१ सय ८५ किलोमिटर प्रतिघण्टाको वेगमा अघि बढिरहेको टाइफुन म्याङ्कुटको मार्गमा ५० लाख मानिसहरू रहेका छन् र हजारौं आफ्नो घर छोडेर अन्यत्र गइसकेका छन्।राष्ट्रपतिका राजनीतिक सल्लाहकार फ्रान्सिस टोलेन्टिनोले आँधीका कारण १४ जनाको ज्यान गइसकेको बताएका छन्।

पहिरोमा फसेका मानिसहरूलाई मद्दत गर्न खोज्दा दुईजना उद्धारकर्मीको समेत मृत्यु भएको छ।अपुष्ट खबरहरूका अनुसार मनिला हुँदै बग्ने मरिकिना नदीमा एकजना बालिकाको शब भेटिएको छ।बागियो सहरका मेयरले उक्त क्षेत्रमा पाँचजनाको ज्यान गएको बताएका छन्।

क्षतिआफ्नो घर छोडेर आएकाहरूका लागि बनाइएको तटीय नगर अपारीस्थित केन्द्र पनि भत्किएको बताइएको छ भने त्यो क्षेत्रमा फोनको नेटवर्क बन्द छ।लुजोनमा रहेका बीबीसी संवाददाता जनाथन हेडले घर छोडेर विद्यालयमा बसिरहेका करिब २ सय मानिसहरू त्यहाँबाट फेरि अर्को ठाउँमा जान लागेको बताएका छन्।

नजिकैको बाँध खोलाको बहाव बढेसँगै भत्किन लाग्दा ती मानिसहरू पुनस् ठाउँ सर्न बाध्य भएका हुन्।यो आँधीले सन् २०१३ मा आएको घातक हायान आँधीलाई सम्झाएको छ जसले ७ हजार भन्दा बढी मानिसको ज्यान लिएको थियो।यद्यपि त्यसयता मानिसहरूलाई यस्तो विपदको बेला अन्यत्र सार्ने तयारी प्रक्रियामा भने सुधार आएको छ।बीबीसी



प्रतिक्रिया दिनुहोस्

Screenshot