Logo

निर्मला हत्या प्रकरण : ‘वास्तविक अपराधीलाई राज्यले संरक्षण गर्नुहुँदैन्’



काठमाडौं, ३१ भदौ । मानवअधिकारकर्मी तुलसी थापाले निर्मला पन्त नाबालिकाको बलात्कारपछि हत्याजस्तो अमानवीय, निर्मम र हृदयविदारक घट्ना हुँदापनि राज्यले दोषी पत्ता लगाई कानुनी कारबाही गर्न गम्भिरता नदेखाएको गुनासो पोखे ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘निर्मला हत्या प्रकरण जघन्य अपराध हो । यो घट्नामा आलोचना र निन्दा गरेरमात्रै पुग्दैन् । घट्नाको अनुशन्धान गर्ने जिल्लाको प्रहरी नेतृत्वको अनुशन्धान प्रक्रिया नै लापरवाही देखियो । उनले आफ्नो काुननी दायराभित्र रहेर दोषी पत्ता लगाउने कर्तव्य पूरा गरेनन् ।’

घट्नाको जिम्मा लिनको लागि प्रहरीले विभिन्न निर्दोष व्यक्तिहरुलाई समातेर चरम यातना दिएकोपनि उनले आरोप लगाए । उनले भने,‘म घट्नास्थलमै पुगेर आएको छु । हेमन्ती भट्ट, चक्र बडु र दिलिप सिंह विष्टलाई प्रहरीले यातना दियो । जबरजस्ती घट्नाको दोषी बनाउन खोजेको पाईयो ।’

घट्ना भएको यतिका दिन वितिसक्दापनि वास्तविक अपराधीलाई सार्वजनिक गर्न नसक्नु राज्यको गम्भिर कमिजोरी रहेको उनको आरोप छ । उनले भने,‘जुनसुकै तह, तप्का र संगठनको व्यक्ति भएपनि दोषीलाई कानुनी कारबाही गर्नुपर्छ । राज्यले संरक्षण गर्ने काम गर्नुहुँदैन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot