Logo

नेपाल मेडिसिटी र गणेशमान मेमोरियल अस्पतालबीच सम्झौता



काठमाडौं, ३१ भदौ । नेपाल मेडिसिटी र गणेशमान मेमोरियल अस्पतालबीच विशेष सम्झौता भएको छ । नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र गणेशमान मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङले औपचारिक रुपमा हस्ताक्षर गरेसँगै सम्झौता कार्यान्वयनमा आउने भएको हो ।

स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन स्वास्थ्य संस्थाको समन्वय पनि बलियो हुन आवश्यक रहेकाले यस किसिमका सम्झौता गरिएको नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले बताए ।

दुई अस्पतालबिच सहकार्य गर्ने र जटिल रोगको उपचारमा साथ दिने जस्ता कार्यमा सहमति गरिएको छ । अस्पताल र अस्पतालको समन्वयले स्वास्थ्य क्षेत्रमा निकै सकारात्मक प्रभाव पर्न सक्ने भएकाले यस सम्झौतालाई अगाडि सारिएको हो । खासगरि, प्रविधि, पुर्वाधार र चिकित्सकीय दृष्टिकोणमा अग्रणी भूमिका खेलिरहेको नेपाल मेडिसिटी अस्पतालसँग सहकार्य गर्ने बाटो फराकिलो बनेकोमा गणेशमान मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत गुरुङले खुसी व्यक्त गरे ।

अर्बौं रकम खर्चिएर विदेशमा उपचार गर्नुभन्दा स्वदेशमै उपचार गर्न र गराउन प्रेरित गराउन यो एक महत्वपूर्ण अभियान हुने मेडिसिटि अस्पतालले जनाएको छ । सम्भव भएका उपचार गणेशमान मेमोरियल अस्पतालमै गर्ने र थप उपचारका लागि नेपाल मेडिसिटीसँग सहकार्य हुने भएको हो ।



प्रतिक्रिया दिनुहोस्