काठमाण्डौ । पाकिस्तानमा हालैको निर्वाचनबाट सबैभन्दा ठूलो दलका नेता बनेका इमरानले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि थप चर्चामा आएका छन् । उनले अनुकरणीय कामको सुरुवात पनि गरिसकेका छन् । इमरानका पछिल्ला घोषणाले पाकिस्तानको परम्परागत राजनीतिमा तरङ्ग ल्याएको छ । इमरानले जस्तै उदाहरण नेपालका शषकवर्गले देखाउन सके कस्तो हन्थ्यो होला ?
पूर्वपाकिस्तानी प्रसिद्ध क्रिकेट खेलाडी इमरान खानले प्रधानमन्त्रीको रूपमा हालै जिम्मेवारी सम्हालेका छन ्। लाखौं पाकिस्तानी अझै पनि गरीबीको रेखामुनि बाँच्न विवश रहेको अवस्थामा आफू प्रधानमन्त्रीका लागि बनाइएका महँगा घरमा बस्न नसक्ने खानको भनाई छ । विगतमा प्रधानमन्त्रीको नाममा ठूलो धनराशी खर्च हुने गरेको भन्दै त्यसलाई कटौती गर्ने उनले घोषणा गरेका छन् ।
लाखौं पाकिस्तानी अझै गरिबीको रेखामुनि छन् । यस्तो अवस्थामा प्रधानमन्त्रीका लागि बनाइएको भवनमा बस्दा आफुलाई लज्जा हुने इमरानले बताएका छन् । प्रधानमन्त्रीका लागि ३३ वटा वुलेटप्रफ कार थियो । खानले भने २ वटा मात्र प्रयोग गर्ने भएका छन् । बाँकी कार छिट्टै लिलामी गर्ने योजना अघि सारेका छन् । यसबाट आएको रकम राज्यकोषमा जम्मा हुनेछ । खानको यो कामलाई सबैले प्रशंसा गरेका छन् । नेपालमा त झन उनको चर्चा दिनप्रतिदिन बढेको छ ।
नेपालका नेता, मन्त्री, प्रधानमन्त्री र सांसदलाई खानसँग तुलना गर्न थालिएको छ । तुलना यसअर्थमा कि, खान र नेपालका नेताहरुबीच आकास पातालको अन्तर छ । नेपालमा जनताको मन जित्न केवल भाषण मात्रै गरिन्छ भने खानले व्यवहारिक रुपमा नै परिवर्तनको संकेत देखाएका छन् ।
नेपालका मन्त्रीहरु भने महिनाका लाखौ तलब खाएर र विभिन्न सुविधा पाएर पनि जनताका लागि भने केहि गरेका छैनन् । नेपालका नेता, मन्त्री, प्रधानमन्त्री र सांसद लगायत जनप्रतिनिधीहरुले उल्लेखनीय काम गर्न नसकेको आरोप लागिरहँदा पाकिस्तानका प्रधानमन्त्री इमरान खानकै सिको गर्न सके कस्तो होला ? यो विषयमा सम्बन्धित व्यक्तिहरुले सोच्नु जरुरी छ ।।