Logo

ओली सरकार संघीयता असफल पार्ने प्रयासमा : अनिल झा



काठमाडौं, १ असोज । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले सरकारले करको दर बढाएर सङ्घीयता असफल पार्ने प्रयास गरेको आरोप लगाए ।

बाँके जिल्लास्तरीय कार्यकर्ता भेलाको सम्बोधन गर्दै नेता झाले यस्तो आरोप लगाएका हुन। भेलामा पार्टीका कार्यकर्ता र केन्द्रीय नेताबीच पार्टी सङ्गठन, मुलुकको राजनीति र विकास निर्माणलगायतका विषयमा छलफल गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्