Logo

इरानमा सडक दुर्घटनामापरि २१ जनाको मृत्यु



काठमाडौँ । मध्य इरानको इजफाहान प्रान्तमा यात्रुवाहक बस र पेट्रोलियम पदार्थ बोकेको ट्रक एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ ।

तेहरानबाट दक्षिणी शहर केर्मानतर्फ गइरहेको थियो सो बस मङ्गलबार बिहान सबेरै दुर्घटना भएको इजफाहानका प्रहरी अधिकारी जावद दोरोस्तकारले जानकारी गराएका छन ।

यात्रुवाहक बसमा सवार १९ जना यात्रुको घटनास्थलमा नै मृत्यु भएको र अन्य दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot