Logo

नाइजेरियामा बाढीबाट एक सयभन्दा बढीको मृत्यु



नाइजेरियामा हालै १० वटा राज्यमा आएको बाढीको प्रकोपको करिब एक सय व्यक्तिको मृ्त्यु भएको छ ।

त्यसपछि नाइजेरियाले राष्ट्रिय प्रकोपको घोषणा गरेको राष्ट्रको प्रमुख प्रकोप व्यवस्थान निकायले मङ्गलबार जानकारी दिएको छ । भारी वर्षाको कारण नाइजर र बेनुए राज्यमा नदी बन्द भई आएको बाढीको कारण हजारौको सङ्ख्याका व्यक्ति फसेका छन् ।

राष्ट्रिय संकटकालीन व्यवस्थापन निकायका अधिकारी सानी दातीले चार ओटा राज्य कोगी, डेल्टा, आनम्ब्रा र नाइजरमा राष्ट्रिय प्रकोप घोषणा गरेको बताएका छन ।

अन्य आठ वटा राज्य पनि बाढीको प्रकोपले भीषणरुपमा प्रभावित भएको र यी राज्यले पनि निरीक्षणको सुचिमा रहेको बताइएको छ ।करिव दश वटा राज्यमा भएको यस प्रकोपमा परी करिब एक सय व्यक्तिको मृत्यु भएको छ । कोजी र नाइजर मध्यनाइजेरियामा पर्छ भने डेल्टा र आनम्ब्रा दक्षिणमा पर्दछ ।

हाल नाइजेरियामा आएको बाढी सन् २०१२ पछिको ठूलो भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।नाइजेरियामा केही दिन अघिदेखि ३६ वटा राज्यमा भारी वर्षापछिको बाढीको प्रकोपको कारण सयौँ व्यक्तिको मृत्यु हुनुको साथै करिब २० लाख व्यक्ति घरवार बिहिन भएका छन् ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot