Logo

अरिङ्गाल कांग्रेसको लागि औषधी होः योगेश भट्टराई



काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टीका यूवा नेता एवम् प्रतिनिधि सभा सांसद योगेश भट्टराईले पधानमन्नत्री केपी शर्माको बचाउँ गर्दै अरिङगाल कांग्रेसको लागि औषधी हुने व्यङ्ग्य गरेका छन् ।

राजधानीको बानेश्वरमा अनलाईन पत्रिका नयाँ पाईलाडटकमको उद्घाटन कार्यक्रममा बोल्दै नेता भट्टराईले लामो समय सत्ता बसका कारण कांग्रेसको नसा च्यापिएको र त्यसको उपचार गर्न केही अरिङगालले टोक्नुपर्ने बताए ।

भट्टराईले भने, ‘अरिंगाल औषधी पनि हो । लामो समय सत्तामा बस्दा कांग्रेसका नसा च्यापिएका छन्, समस्या छ, एकरदुई वटा अरिंगालले टोकाउने हो भने सञ्चो हुन्छ, यसका लागि पनि हामी अरिंगाल बन्नुपर्ने छ ।’

केहीदिन अघि नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकारकाविरुद्ध षडयन्त्र भइरहेको भन्दै अरिंगाल जसरी प्रतिवादमा उत्रिन निर्देशन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot