असोज ३, काठमाण्डौ । नेपाली कांग्रेस निकट नेपाल निर्माण व्यवसायी महासंघको अधिवेसन भोलीदेखि सुरु हुँदैछ । अधिवेशनमा हुने चुनावले नयाँ नेतृत्व चयन गर्दैछ ।
अध्यक्षका दाबेदारहरुले उम्मेदवार घोषणा गरिसकेका छन् । आगामी कार्यकालको नेतृत्वका लागि महासचिव रामशरण देउजा, महासंघका सल्लाहाकार यक्षध्वज कार्की, अघिल्लो निर्वाचनमा अध्यक्षमा पराजित हुमनाथ कोइराला र व्यवसायी रविसिंह पुनले अध्यक्षमा दाबी गरेका छन् ।
सकेसम्म सर्वसम्मत अध्यक्ष चयन गर्न कांग्रेसले उम्मेदवाहरुलाई दबाब दिएका छ । नेताहरु बालकृष्ण खाँड, सुरेन्द्र पाण्डे, इन्द्र बानिया र बहादुर सिंह लामालाई सर्वसम्मत चयन गर्ने जिम्मा दिइएको थियो ।
आज पनि दिनभरी छलफल भयो । तर निष्कर्ष निकाल्न सकेनन् ।