असोज ४, काठमाण्डौ । चलचित्र अनुराग असोज १२ गते प्रदर्शनमा आउँदैछ । चलचित्र हेर्नका लागि सर्वसाधारणदेखि कलाकार, नेता, मन्त्री लगायत प्रतिष्ठित व्यक्तिहरुको पर्खाई रोचक बन्दै गएको छ ।
तीन शीर्ष नेताहरु प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत चलचित्र हेर्ने घोषणा गरिसकेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पनि चलचित्र हेर्ने इच्छा व्यक्त गरेका छन् ।
सिटौलाले आफूलाई अनुरागको प्रदर्शनबारे जानकारी भएको भन्दै हलमै गएर चलचित्र हेर्ने बताए ।
“ऋषि धमलाले जीवनमा अत्यन्तै मिहिनते गरेर बनाएको फिल्म हो । एलिजा गौतमको अभिनाय हेर्न आतुर छौँ ।” सिटौलाले भने ।
सिटौलाले देशैभरका यातायात व्यवसायीलाई चलचित्र अनुराग हेर्न आग्रहसमेत गरे ।
“हरेक नेपालीले यो चलचित्र हेर्नेछन् । पत्रकारले मिहिनेत गरेर बनाएको फिल्म हेर्नुपर्छ । म आफू पनि हेर्नेवाला छु ।” सिटौलाले शुभकामनासमेत दिएका छन् ।