Logo

सुनसरीमा प्राध्यापककाे गोली प्रहार गरी हत्या (भिडियाेसहित)



सुनसरी । सुनसरीको भुताहामा अज्ञात समूहले प्रधानाध्यापकलाई गोली हानेको घटनाको लाइभ भिडियो फुटेज बाहिरिएको छ । प्रधानाध्यापक खुर्सीद आलमलाई गोली हान्नासाथ एक स्थानीयले भिडियो खिचेका थिए ।

भिडियोमा गोली लागेर भुइँमा ढलेमा प्रधानाध्यापक आलम र स्थानीयको आक्रोश प्रस्ट देखिन्छ । दुई वटा मोटरसाइकलमा भारतीय सीमाबाट आएका ४ जना व्यक्तिको समुहले आज प्रधानाध्यापक हजिद कुर्सिद अन्सारीको गोली हानी हत्या गरेका हुन्।

अन्सारीको टाउकोमा ४ वटा गोली प्रहार गरिएको थियो। गोली प्रहार गरी भाग्दै गरेको उक्त समुहलाई सिमा क्षेत्रमा नेपाली प्रहरी बलले रोक्ने प्रयास गरेपछि प्रहरीमाथि पनि गोली प्रहार भएको थियो।



प्रतिक्रिया दिनुहोस्