असोज ५, काठमाण्डौ । असोज १२ गतेदेखि प्रदर्शनमा आउने चलचित्र अनुरागको अहिले चौतर्फी चर्चा सुरु भएको छ । बालबालिका, वृद्धवृद्धादेखि माथिल्लो तहमा रहेका सबै तहका व्यक्तिले यो चलचित्र हेर्ने इच्छा व्यक्त गरेका छन् ।
कला क्षेत्रमा लागेको प्रतिष्ठित कलाकारले अनुराग हेर्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन् । पछिल्लो समय प्रधानमन्त्री केपी ओलीले समेत यो चलचित्र हेर्ने बताएका छन् । भोली संयुक्तराष्ट्र संघको महासभामा सहभागि हुन अमेरिका जान लागेका ओलीले उताबाट फर्केपछि अनुराग हेर्ने बताएका हुन् ।
पत्रकार ऋषि धमलाले निर्माण गरेका कारण पनि चर्चामा आएको चलचित्र अनुरागको ट्रेल हेरेकै कारण आफू चलचित्र हेर्न इच्छुक रहेको ओलीले बताएका छन् ।
अनुरागको टोली काठमाण्डौका विभिन्न स्कुल तथा कलेजमा पुग्दा पनि निकै उत्साह देखिएको छ । चलचित्रका नायिका एलिजा गौतम र नायक समुद्र पण्डितसँग तस्विर खिच्न र अटोग्राफ लिन विद्यार्थीहरुको तछाडमछाड देखिएको थियो ।