Logo

साहाना प्रधानको स्मृति दिवसमा कार्यक्रम संचालिकाको गल्ती, नेताहरु अलमलमा



असोज ६, काठमाण्डौ । आज नेपाल कम्युनिष्ट पार्टीको मुख्यालय धुम्बाराहिमा आयोजित एक महत्वपूर्ण कार्यक्रम खल्लो भएको छ ।

कार्यक्रमको प्रमुख अतिथी प्रधानमन्त्री केपी ओलीलाई बनाउन खोजिएको थियो । तर उनी आएनन् ।

कार्यक्रम संचालन गर्ने जिम्मा पाएकी संचालिकाले नेताहरुलाई सम्बोधन गर्ने क्रममा गल्ती गरेपछि नेताहरु छक्क पर्ने मात्रै होइन, आक्रोषितसमेत देखिएका थिए ।

नेकपाका नेता बामदेव गौतमलाई पूर्व प्रधानमन्त्री भनेर सम्बोधन गरेपछि कार्यक्रममा उपस्थित सबै छक्क परेका थिए । कार्यक्रमस्थलमा उपस्थितहरुले भनेपछि उनले गौतमलाई भावी प्रधानमन्त्री भनेर टालटुल गरेकी थिइन् ।

गौतमलाई भावी प्रधानमन्त्री भनेपछि त्यहाँ उपस्थित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र झलनाथ खनाल आश्चर्यचकित भएका थिए ।

कार्यक्रममा उपस्थित प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पूर्व परराष्ट्रमन्त्री भनेर सम्बोधन गरेपछि श्रेष्ठले असन्तुष्टी व्यक्त गरेका थिए । श्रेष्ठ पूर्व उपप्रधानमन्त्रीसमेत हुन् ।

कार्यक्रम संचालिकाले झलनाथ खनाल लगायत केही नेतालाई भने सम्बोधन गर्नै छुटाएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्