Logo

गंगामायाले दिइन् सरकारलाई यस्तो चेतावनी, कोको पर्लान् फन्दामा ? (भिडियोसहित)



काठमाण्डौ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कार्वाही गर्न माग गर्दै वीर अस्पतालमा आमरण अनसन बस्दै आएकी गंगामायाले नेपाल सरकार र अदालतबाट न्याय पाउने आशा मरेको बताएकी छिन् । अधिकारीले न्यायका लागि अन्तराष्ट्रिय अदालत जाने चेतावनी दिएकी छिन् ।

 छोराको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै ३ वर्षअघि आमरण अनसनकै क्रममा उनको पति नन्दप्रसादले गुमाएका थिए । पति नन्दप्रसाद अधिकारीको चौंथो स्मृति दिवसको अवसरमा शनिबार वीर अस्पतालको मूलगेटमा आयोजित एक कार्यक्रममा बोल्दै गंगामायाले आफूलाई देशले न्याय नदिए अब अन्तराष्ट्रिय अदालतले न्याय दिने विश्वास व्यक्त गरिन् । द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसादका हत्यारालाई कार्वाही गर्न यसबीच ११ वटा सरकारसँग आग्रह गरेपनि आफूहरुले कतै बाटमा न्याय नपाएको गंगामायाले दुख पोखिन् ।

गंगामाया अधिकारीले आफ्नो छोरालाई माओवादीले र पतिलाई सरकारले मारेको उल्लेख गर्दै ठूला अपराधिलाई अन्तराष्ट्रिय अदालतले समात्ने विश्वास रहेको बताइन् ।आमरण अनसनका कारण शिथिल भएकी गंगामायाले कञ्चनपुरकी निर्मला पन्तको हत्यारा अहिलेसम्म पनि प्रक्राउ नपरेकोमा पनि प्रश्न गरिन् ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्याको आरोप लागेका छविराज पौडेललाई अदालतले रिहा गर्ने आदेश दिएपछि अब आफूले यस देशको कानुनबाट न्याय पाउने आशा मरिसकेको बताइन् । सरकार र अदालतले न्याय नदिएकै कारण पति नन्दप्रसादले समेत ज्यान गुमाउनु परेको पनि उनले स्मरण गराइन । छोरा कृष्णप्रसाद अधिकारी हत्यारालाई कार्वाही गर्न माग गर्दै आमरण अनसन बसेका उनका बुबा नन्दप्रसादको पनि ३ वर्ष अघि वीर अस्पतालमै ज्यान गएको थियो ।



प्रतिक्रिया दिनुहोस्