Logo

देउवाको शक्तिशाली सभापति बन्ने सपना तुहाउँदै शशांक !



काठमाडौं, ९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको शक्तिशाली सभापति बन्ने चाहना अब अधुरै रहने भएको छ । महामन्त्री डा. शशांक कोइरालाले देउवालाई आगामी महाधिवेशनमा सभापति पदको लागि कडा टक्कर दिने भएका छन् ।

कोइराला परिवारबाटै अबको सभापति बन्ने भनेर महामन्त्री शशांकले रिपोर्टर्स क्लब नेपालको साक्षात्कारबाटै उद्धघोष गरिसकेका छन् । उता अर्का नेता अर्जुननरसिंह केसीले पनि अब पूनः सभापति बन्ने सपना नदेखे हुन्छ भन्दै सभापति देउवालाई कडा चूनौति दिईसकेका छन् ।

महामन्त्री कोइराला निकट एक नेताले दिएको जानकारी अनुसार सभापति देउवाको शक्तिशाली सभापति बन्ने सपना अब कोइराला परिवारले ध्वस्त बनाउने छ । उनले भने,‘कोइराला परिवार एकजुट भैसकेको छ । अबको महाधिवेशनमा कुनैपनि हालतमा सभापति कोइराला परिवारबाटै हुनेछन् ।’

तर, सभापति देउवा भने फेरी पनि आफू सभापति बन्न चाहन्छन् । मनोनित गर्ने प्रणालीमा जान चाहन्छन् । देउवाले आफूलाई शक्तिशाली बन्ने सपनासहित आन्तरिक तयारी थालेसँगै पहिलोपटक देउवाविरुद्ध सशांकले मैदानमा उत्रिने घोषणा गरेका छन् । सभापतिमा कसलाई अगाडि सार्ने भनेर कोइराला परिवार यतिवेला छलफलमा जुटेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot